site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
करको दायरा बढाउन निजी क्षेत्रको माग
SkywellSkywell

काठमाडौं । करको दायरा बढाउँदै कर तिर्ने वातावरण बनाउन निजी क्षेत्रले माग गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार आयोजना गरेको राष्ट्रिय कर दिवसको कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले कर करको रूपमा नभई रहरले तिर्ने वातावरण बनाउनुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले करको दायरा बढे करदाता पनि बढ्ने र राजस्व पनि बढ्ने बताए । कोभिड–१९ को विषम परिस्थितिमा पनि २५ प्रतिशत राजस्व बढ्नु सकारात्मक भएको उनको भनाइ छ । राजस्व उठाउन मात्रै नभई विकास खर्च बढाउनेतर्फ पनि अर्थ मन्त्रालय केन्द्रित हुनुपर्ने उनले बताए ।

Dabur Nepal
NIC Asia

उनले मुलुकमा हाल देखिएको तरलता समस्याका कारण अपेक्षाअनुसार आर्थिक वृद्धि हासिल हुन नसक्ने बताए । सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।

“पुँजीगत खर्च हुन नसक्दा पनि तरलता समस्या देखिएको हो । अर्थ मन्त्रालयले राजस्व संकलन मात्रै होइन, पुँजीगत खर्च बढाउनेतर्फ पनि ध्यान दिनुपर्‍यो,” उनले भने । उनले राजस्वसम्बन्धी मुद्दा समाधान गर्न विवाद समाधान संयन्त्र बनाउनुपर्ने माग पनि गरे ।

यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कर करले होइन, रहरले तिर्ने वातावरण बनाउनुपर्ने बताए । साना, मझौला व्यवसायीले तिरेको केही प्रतिशत उनीहरूको सामाजिक सुरक्षा, बिमामा जाने व्यवस्था गर्न आग्रह गरे । कर तिरेपछि पनि सामाजिक सुरक्षा हुन्छ भन्ने विश्वास दिलाउन सके करमा जनसहभागिता बढ्ने उनको भनाइ थियो ।

उनले घरजग्गा कारोबारबाट धेरै कर राज्यले गुमाउँदै आएको भन्दै उनीहरूलाई पनि करको दायरामा ल्याउन आग्रह गरे । “सेयरको कारोबारजस्तै घरजग्गाको कारोबारलाई पनि ब्रोकर लाइसेन्स दिने व्यवस्था गर्नुपर्छ । घरजग्गा कारोबारको अर्बौँ रुपैयाँ राजस्व सरकारले गुमाएको छ । जग्गाको भाउ पनि बोलीको भरमा अकाशिएको छ,” उनले भने ।

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष कृष्ण अधिकारीले कर प्रणााली चुस्त र पारदर्शी बनाउनुपर्ने बताए । उनले पारदर्शी कर प्रणालीको विकास गर्दै करको बहुदर प्रणाली कायम गर्नुपर्ने बताए ।

कार्यक्रममा राजस्व सचिव कृष्णहरि पुष्करले कर तिरौँ तिरौँ लाग्ने वातावरण बनाउन अभियान थालिएको बताए । करको दायरा बढाउने विश्वव्यापी मान्यताअनुसार नै अर्थ मन्त्रालय अगाडि बढेको भन्दै उनले सरोकारवालाहरूसँग छलफल भइरहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  १२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro