site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेदरल्यान्ड्स विश्वकपमा छनोट, टर्कीले प्लेअफ खेल्ने
Siddhartha BankSiddhartha Bank

काठमाडौं । स्टेभन बर्गविन र मेम्फिस डिपाएको गोलमा नेदरल्यान्ड्सले मंगलबार राति नर्वेलाई २–० ले हराउँदै विश्वकपमा स्थान पक्का गरेको छ । नेदरल्यान्ड्स युरोपियन विश्वकप छनोटमा समूह ‘जी’ को शीर्ष स्थानमा रहेर विश्वकप पक्का गरेको हो । सोही समूहबाट टर्कीले प्लेअफमा स्थान पक्का गर्यो । 

नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालले ‘स्काई बक्स’मा बसेर खेल हेरेका थिए । उनी आइतबार घाइते भएका थिए । पिठ्युमा चोट बेकेका भान गालले त्यहीबाट डकआउटमा रहेका सहायक प्रशिक्षक हेन्क फ्रासरलाई निर्देशन दिएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

नदेरल्यान्ड्सले घरेलु मैदानमा बर्गविनको गोलबाट ८४औं मिनेटमा अग्रता लिएको थियो । डिपाएले इन्जुरी समयमा अग्रता बनाएका थिए । जितपछि समूह ‘जी’ मा रहेको नेदरल्यान्ड्सले १० खेलबाट २३ अंक जोडेको छ । जुन दोस्रो स्थानको टर्कीभन्दा दुई अंकले माथि हो । 

युरोपियन छनोट प्रतियोगिताबाट समूहको शीर्ष टोलीले मात्र सिधै विश्वकपमा स्थान बनाउनेछन् । दोस्रो हुनले प्लेअफ खेल्नुपर्ने हुन्छ । समूह ‘जी’मा टर्कीले प्लेअफ खेल्नेछ । 

Global Ime bank

टर्कीले मोन्टेनेग्रोलाई २–१ ले हराएको थियो । सोही समूहमा रहेको लात्भियाले जिब्राल्टरलाई ३–१ ले हरायो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  ०८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय