देश
इलाम । आफ्नै दाइको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । आफ्नै दाइ ३५ वर्षीय इच्छा मुखियाको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सन्दकपुर गाउँपालिका १ चाँपगैरी बस्ने ३० वर्षीय चक्र मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।
काकाको घरमा मादक पदार्थ सेवन गरी बसिरहेको अवस्थामा सामान्य बादविवाद भएपछि चक्रले चक्कु प्रहार गर्दा इच्छाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८ ०७:४३
प्रतिक्रिया दिनुहोस्