site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अष्ट्रियामा खोप नलगाएका मानिसलाई लकडाउन
Siddhartha BankSiddhartha Bank

अष्ट्रिया । यूरोपेली मुलुक अष्ट्रियाले खोप नलगाएका मानिसहरूका लागि लकडाउन लागु गरेको छ । कोभिड–१९ को संक्रमण बढेसँगै पूर्ण मात्रा खोप नलगाएका करिब २० लाख मानिसहरूका लागि लकडाउन गरिएको हो ।
 
“हामीले यस कदमलाई हल्का रूपमा लिएका छैनौँ, तर दुर्भाग्यवश यो आवश्यक छ”, चान्सलर एलेक्जेन्डर शालेनबर्गले बताए ।

खोप नलगाएका मानिसहरूलाई काममा जाने या खानेकुरा किन्ने जस्ता सीमित कारणहरूको लागि मात्र घरबाहिर निस्कन अनुमति दिइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अष्ट्रियाको ६५ प्रतिशत जनसंख्याले पूर्ण मात्रा खोप लगाएका छन् । जुन पश्चिम यूरोपको एकदमै कम दरमध्ये एक हो ।

यसैबीच, सात दिनको संक्रमण दर प्रति १ लाखमा ८ सय भन्दा बढी रहेको छ, जुन यूरोपको उच्च संक्रमण दर मध्येको एक हो ।

Global Ime bank

समग्रमा, यूरोप फेरि एक पटक महामारीबाट नराम्ररी प्रभावित हुने क्षेत्र बनेको छ । र थुप्रै देशहरूले प्रतिबन्धहरू लागु गर्दैछन् र संक्रमण बढ्ने चेतावनी दिएका छन् । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  ०७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement