काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेको स्विट्जरल्यान्ड डेभलपमेन्ट सर्पोट नेपालको टीमबीच भेटवार्ता भएको छ । बिहीबार निधि निवास बानेश्वरमा भएको भेटवार्तामा नेपालको विकास निर्माणमा स्विट्जरल्यान्डले खेलेको भूमिकाबारे कुराकानी भएको थियो ।
स्वीट्जरल्यान्डका राजदूतसहितको टोलीले नेपालमा सुरुङ निर्माण लगायतका क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो । भेटमा निधिले स्विस सरकारबाट नेपालले पाइरहेको सहयोगका लागि धन्यवाद दिएका थिए । त्यस्तै भेटमा नेपालको कृषि, पर्यटन लगायतका क्षेत्रमा पनि सहयोग गर्न आग्रह गरेको निधिले बताए ।
भेटका क्रममा स्विस टोलीले सार्वजनिक खरिद ऐनका बारेमा चासोसमेत देखाएको निधिले जानकारी दिए ।