देश
काठमाडौं । प्रधानसेनापछि प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् । औपचारिक भ्रमणका लागि श्रीमति सुनीता शर्मासहित ९ सदस्यीय भ्रमण दलका साथ उनी भारत प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ ।
भारत प्रस्थान गर्नुअघि जंगी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो ।
औपचारिक विदाइ कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रासहित सैनिक सहचारीहरुको पनि उपस्थिति थियो ।
शर्मा प्रधानसेनापति नियुक्त भएपछि पहिलो विदेश भ्रमण हो । उनलाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८ ०९:३०
प्रतिक्रिया दिनुहोस्