site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनको अन्तिम तयारीमा, ‘क्यालिब्रेसन फ्लाइट’ गर्न एरो थाई नेपाल आउँदै
Siddhartha BankSiddhartha Bank

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनको अन्तिम तयारीमा रहेको छ । विमानस्थलको क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएको थाइल्याण्डको एरो थाई आगामी नोभेम्बर २२ मा नेपाल आउँदैछ । यान्त्रिक परीक्षण उडानको रिपोर्ट पछि प्राधिकरणले परीक्षण उडान गर्नेछ ।

विमानस्थल संचालनमा ल्याउनु पूर्व ‘क्यालिब्रेसन फ्लाइट’ गर्नुपर्ने हुन्छ । विमानस्थलमा विमान उडान/अवतरण एवं धावनमार्ग, टावरलगायत क्षेत्रमा जडित उपकरणले काम गरे वा नगरेको परीक्षण गर्ने कार्यलाई ‘क्यालिब्रेसन फ्लाइट’ भनिन्छ । यान्त्रिक परीक्षण उडानको प्रतिवेदन पछि परीक्षण उडान गरिन्छ र त्यसपछि व्यवसायिक रुपमा विमानस्थल संचालनमा ल्याइन्छ ।

Agni Group
NIC Asia

प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले ‘क्यालिब्रेसन फ्लाइट’का लागि एरो थाईको विमान नोभेम्बर २२ मा नेपालमा आउने बताए । ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न गर्न करिब एक साता लाग्ने प्राधिकरणले जनाएको छ । कर्णका अनुसार परीक्षण उडानपछि अन्तर्राष्ट्रिय वायुसेवालाई नियमित उडानका लागि आह्वान गरिने छ ।

विमानस्थलमा तीन किलोमिटरको एउटा धावनमार्ग छ । यो विमानस्थलको यात्रु क्षमता वार्षिक करिब ४ लाख रहेको छ । विमानस्थलबाट एक घण्टामा पिक आवरमा ४ सय यात्रु ह्यान्डलिङ गर्न सकिने आयोजनाले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu