site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भाटभटेनीमा सञ्चालनमा आयो नेपालकै पहिलो ११ तले ‘स्मार्ट पार्किङ’ (भिडियोसहित)
Siddhartha BankSiddhartha Bank

काठमाडौं । भाटभटेनी सुपरमार्केट टंगालमा नेपालकै पहिलो ११ तले स्मार्ट पार्किङ आजदेखि सञ्चालनमा आएको छ ।

११ तलाको भर्टिकल पार्किङको आइतबार भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले औपचारिक उद्घाटन गरेका थिए ।

Agni Group
NIC Asia

 

करिब चार आनामा बनेको ११ तले पार्किङमा ४४ वटा गाडी अटाउछन् । निर्माण सुरु भएको तीन महिनामै उक्त पार्किङ तयार गरिएको थियो । “हामीले तिहारअघि नै ट्रायल गरेका थियौँ,” भाटभटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले भने, “औपचारिक पूजासहित उद्घाटन गरिएको छ ।”

Global Ime bank

चिनियाँ प्रविधिमा तयार पारिएको पार्किङ भारतीय प्राविधिकले निर्माण गरेका थिए । पार्किङको समस्याले गर्दा यस्तो स्मार्ट पार्किङ निर्माण गर्नुपरेको भाटभटेनीले जनाएको छ ।

“तपाईंले ल्याएको गाडी पार्किङस्थलमा पुगेपछि एउटा कार्ड प्राप्त हुन्छ,” पौडेलले स्मार्ट पार्किङको विशेषताबारे जानकारी गराउँदै भने, “कार्ड स्क्यान गरेपछि कुन ठाउँमा खाली छ त्यही ठाउँमा लगेर गाडी पार्किङ हुन्छ । पछि स्क्यान गरेपछि गाडी तल झर्छ । यसमा कुनै झञ्झट हुँदैन ।”

हाइड्रोलिक सिष्टमबाट सञ्चालित ‘स्मार्ट पार्किङ’ले पार्किङमा देखिएको समस्या तत्कालका लागि समाधान हुने भाटभटेनीले जनाएको छ ।

टंगालको भाटभटेनीमा यसअघि करिब ७५ वटा गाडी पार्किङ गर्न सकिने भए पनि अब थप ४४ वटा गर्न सकिने पौडेलले जानकारी दिए ।

“काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि हामीले निर्माणको तयारी गरेका छौँ,” उनले भने, “अनामनगर, महाराजगञ्ज, सातदोबाटोमा निर्माण गर्ने तयारी छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७८  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय