काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर–१२ खेल्ने टोलीको टुंगो लागेको छ । शनिबार वेस्ट इन्डिज र अष्ट्रेलियाबीच सम्पन्न खेलको नतिजाले सन् २०२२ मा सुपर–१२ खेल्ने आठ टोलीको टुंगो लागेको हो ।
आयोजक अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, बंगलादेश र दक्षिण अफ्रिकाले २०२२ का लागि सुपर–१२ मा सिधै स्थान बनाएका हुन् ।
त्यस्तै, सुपर–१२ खेल्ने चार टोली स्कटल्यान्ड, श्रीलंका, वेस्ट इन्डिज र नामिबियाले विश्वकपको पहिलो चरणका लागि स्थान पक्का गरेका छन् । पहिलो चरणको खेलपछि चार टोलीले सुपर–१२ मा स्थान बनाउनेछन् ।
तर, पहिलो चरणबाट बाहिरिएका चार टोली आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमान र पपुवा न्युगिनीले ग्लोबल छनोट प्रतियोगिता खेल्नेछन् । त्यसमा नेपालले पनि छनोट प्रतियोगिता खेल्नेछ ।