site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कास्कीका महिला उद्यमीलाई मेगा बैंकले सहुलियतपूर्ण कर्जा दिने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले महिला उद्यमी संघ नेपाल, कास्कीसँग सम्झौता गरेको छ । विपन्न वर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त सम्झौता गरेको जनाइएको छ ।

सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र महिला उद्यमी संघ, नेपाल, कास्कीका अध्यक्ष पार्वतीकुमारी पौडेल रेग्मीले हस्ताक्षर गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

सम्झौतापश्चात् मेगा बैंकले संघमा आबद्ध उद्यमी महिलाहरूलाई आफ्नो व्यवसाय विस्तार गर्नका लागि साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले महिला उद्यमीहरूलाई सहुलियतपूर्ण छिटो–छरितो ढंगले कर्जा प्रदान गरिने बताइन् । महिला उद्यमीहरूलाई साना तथा मझौला उद्यमी कर्जाका साथै मेगा सरल कर्जा, लघु, घरेलु तथा साना उद्योग कर्जा र सवारीसाधन तथा घर निर्माण कर्जामा पनि प्राथमिकता दिइने उनले बताइन् ।

Global Ime bank

संघकी अध्यक्ष रेग्मीले मेगा बैंकले महिला उद्यमशील कर्जालाई प्राथमिकताका साथ प्रवाह गर्दै आएकोले बैंकसँग सहकार्य गरेको बताइन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय