काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाँणले चाडपर्वका बेला मुलुकको सुरक्षा व्यवस्था थप मजबुद पार्न निर्देशन दिएका छन् । सोमबार सिंहदरबारमा बसेको सरकारको केन्द्रीय सुरक्षा समितिको बैठकमा खाँडले चाडपर्वका बेला हुनसक्ने अपराधिक घटनाहरूलाई रोक्नका लागि मुलुकको सुरक्षा व्यवस्था थप मजबुद पार्न निर्देशन दिएका हुन् ।
बैठकले चाडबाडका बेला भिडभाड कम गरेर कोरोना संक्रमणको जोखिम घटाउन आग्रह गरेको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।
यसअघि पनि भिडभाड नियन्त्रण हुन नसक्दा कोरोना संक्रमण बढेको र अब कोरोनालाई बढ्न नदिन सबै सुरक्षा अंगहरूले उच्च सतकर्ता अपाउने निर्णय भएको पोखरेलले बताए । स्वास्थ्य सर्तकता र संक्रमण बढ्न नदिने विषयमा नै छलफल केन्द्रित भएको उनको भनाइ छ ।
बैठकमा रक्षामन्त्री डा. मिनेन्द्र रिजाल, परराष्ट्रमन्त्री डा. नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा लगायत सबै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो ।