site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कालोपट्टी बाँधेर विरोध प्रदर्शन 

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले सोमबार पनि कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । नेपाल बार एशोसिएसनको अगुवाइमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुले ब्यानर बोकेर कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् । 

बारले नैतिकताको आधारमा प्रधानन्यायाधीशले राजीनामा नदिएको भन्दै चरणबद्ध  विरोध कार्यक्रम गरेको हो । विरोध प्रदर्शनमा वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले सर्वोच्च अदालतमा आगो लागेका बेला चुप बसेका नेताहरुले यसको मूल्य चुकाउनुपर्ने बताए । उहाँले अहिलेको आन्दोलन ब्यक्ति विशेषका लागि नभएर न्यायपालिकाको विकृति/विसंगती समाप्तिका लागि भएको धारणा राखे । 

Dabur Nepal
NIC Asia

नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकाको विकृति/विसंगती हटाउन प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बताए । सोमबारबाट नै प्रधान्यायाधीशले बेन्च लिन छोड्नु भएको र बन्दी प्रत्यक्षीकरण हेर्न सुरु भएको जानकारी दिए ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायाधीश हरिकृष्णको कार्कीको प्रतिवेदनअनुसार प्रधानन्यायाधीशले न्यायालयलाई शुद्धीकरण गर्नेतर्फ केही पनि काम नगरेको आरोप लगाए । 

नेपाल बारले यसअघि कात्तिक १४, १५ र १६ गते कालोपट्टीसहितको विरोध कार्यक्रम गर्ने घोषणा गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  १४:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro