site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्ट्यान्डर्ड चार्टर्डले शून्य कार्बन उत्सर्जन गर्ने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड (समूह) ले २०५० सम्ममा आफ्नो वित्तीय गतिविधिबाट नेट–शून्य कार्बन उत्सर्जनमा पुग्ने महत्वाकांक्षी नयाँ लक्ष्य घोषणा गरेको छ । जसमा सबैभन्दा बढी कार्बन सघन क्षेत्रहरूका लागि अन्तरिम २०३० लक्ष्यहरू समावेश रहेको समूहलेजनाएको छ ।

“समूहको दृष्टिकोण हाल उपलब्ध सर्वोत्तम डाटामा आधारित छ र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको नेट शून्य उत्सर्जन २०५० परिदृश्यमा प्रतिबद्ध छ,” जारी विज्ञप्तिमा भनिएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

५९ फुटप्रिन्ट बजारमध्ये ३३ वटामा सन् २०५० सम्ममा नेट शून्यमा पुग्ने प्रतिबद्धता समुहले गरेको छ ।

“हामीले संक्रमणकालमा खेल्न सक्ने मुख्य भूमिकालाई मान्यता दिँदै यस समयरेखाका लागि हाम्रो योजना तय गर्दैछौँ। यीमध्ये धेरै बजारहरू हाल आफ्नो निरन्तर आर्थिक वृद्धिका लागि कार्बन–सघन उद्योगहरूमा निर्भर छन्,” विज्ञप्तिमा भनिएको छ ।

Royal Enfield Island Ad

विकासोन्मुख देशहरूलाई उनीहरूको विकास र समृद्धिको अवसरबाट वञ्चित नगरी जलवायु उद्देश्यहरू पूरा गर्न न्यायपूर्ण सङ्क्रमण हासिल गर्न पूँजी र विशेष सहयोग चाहिने बैंकको ठहर छ । कम–कार्बन प्रविधि अपनाउने सबैभन्दा ठूलो अवसर, र केही कठिन संक्रमण–वित्त र जलवायु चुनौतीहरू दुवै भएका बजारहरूमा पुँजी निर्देशित गरेर मद्दत गर्न स्ट्यान्डर्ड चार्टर्ड प्रतिबद्ध रहेको जनाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro