site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
श्रममन्त्री श्रेष्ठ स्वदेश फिर्ता
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । छैटौँ श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’मा भाग लिएर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ आज स्वदेश फर्किएका छन् ।

यही कात्तिक ८ देखि १२ गतेसम्म दुबईमा सम्पन्न श्रममन्त्रीस्तरीय आबुधाबी डाइलगमा सहभागी हुन मन्त्री श्रेष्ठको नेतृत्वमा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव डा. थानेश्वर भुसाल कात्तिक ७ गते दुबई प्रस्थान गरेका थिए । मन्त्री श्रेष्ठले आफ्नो भ्रमण सफल र नेपालको निम्ति फलदायी रहेको बताए ।

Dabur Nepal
NIC Asia

श्रमिक पठाउने देश र श्रमिक लिने देशबीच सहकार्य र संवाद गर्नका लागि आयोजित आबुधाबी डायलगमा नेपाली श्रमिकहरूको हित र सुरक्षाका विषयमा मन्त्री श्रेष्ठले सम्बोधन गरेका थिए ।

उनले कोरोनाभाइरस महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका श्रमिकको सामाजिक र आर्थिक जीवनलाई सुधार गर्न गन्तव्य देशले आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने, आप्रवासी श्रमिकको कार्यस्थल सुरक्षालाई सुनिश्चित गर्नुपर्ने, न्यूनतम पारिश्रमिक बढाउनुका साथै निःशुल्क खान–बस्न व्यवस्था गर्नुपर्ने, श्रमिकको क्षमता विकासका कार्यक्रम गर्नुपर्ने र आगमन तथा प्रस्थान विन्दुमा निःशुल्क पीसीआर परीक्षण, निःशुल्क क्वारेन्टिन तथा आइसोलेसन सेन्टरको व्यवस्था र निःशुल्क उपचारको व्यवस्था मिलाउन प्रस्ताव गरेका थिए ।

यूएई भ्रमणका मन्त्री श्रेष्ठ र यूएईका मानव संशाधनमन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारबीच भेटवार्ता भएको थियो । सो क्रममा नेपाल–यूएई द्विपक्षीय बैठक आयोजना गर्ने, यूएई जाने नेपाली कामदारलक्षित सीपमूलक तालिम सञ्चालन गर्ने, इन्जिजियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक कामदार यूएई पठाउने, सामाजिक सुरक्षा योजना विस्तार गर्नेलगायत विषयमा छलफल भएको श्रममन्त्रीको सचिवालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  २१:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro