राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल बार एसोसिएसनमा सभ्यता नभएर कुटाकुट भएको बताएका छन् । आज काठमाडौंमा भएको एक कार्यक्रममा सभ्यता नभएकाहरुबीच कुटाकुट भएको उनको भनाइ छ ।
नेपाल बार एसोसिएसन परिसरमा शिजो कानुन व्यवसायीहरूबीच हात हालाहाल भएको थियो ।
कानुन व्यवसायी विराट न्यौपानेबाट अधिवक्ता भूमिनन्द चुडाल पिटिएका थिए ।
चुडालले इजलास चल्नुपर्नेमा जोड दिँदै न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताएका थिए । “मिडियामा न्यायालयविरुद्धमा किन बोलिस् र द्वन्द्वकालका मुद्दा किन हेरिस् भन्दै हात हाले,” उनले भनेका थिए ।
प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८ १४:३९
प्रतिक्रिया दिनुहोस्