देश
काठमाडौं । नेपाल बार एसोसिएसनको कार्यसमिति बैठक बसिरहेको छ । बारको भवनमा बैठक बसेको हो ।
बैठकबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी छ ।
कार्यसमितिको यसअघिको बैठकले प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको थियो । तत्कालै मार्गप्रशस्त गर्न जबरा सकारात्मक हुने अपेक्षा पनि बारको थियो । बारले प्रधानन्यायाधीशले पदबाट राजीनामा दिनुपर्ने जनाएको हो ।
पछिल्लो समय प्रधानन्यायाधीश जबराका विषयमा विभिन्न विवाद निम्तिएको र त्यसले न्यायालयलाई क्षति हुने भन्दै उनको राजीनामा मागिएको हो । प्रधानन्यायाधीशले भने राजीनामा नदिने बताउँदै आएका छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८ १२:५२
प्रतिक्रिया दिनुहोस्