रियाद । साउदी अरब नेतृत्वको सैन्य गठवन्धनले यमनमा १०५ विद्रोही मारिएको दाबी गरेको छ ।
यमनी सरकारलाई सहयोग गर्दै आएको गठवन्धन सेनाले विद्रोहीविरुद्ध सुरक्षा कारबाही गर्ने क्रममा उनीहरूको मृत्यु भएको जनाएको छ ।
गठबन्धन सेनाले मारिएका सबै हुथी विद्रोही रहेको पनि स्पष्ट पारेको छ । उनीहरूमाथि गठबन्धन सेनाले हवाई आक्रमण गरेको थियो । देशको मारिब सहरमा घटना भएको हो ।
हुथी विद्रोहीहरूलाई भने इरानले सहयोग गरेको छ । उनीहरूले भने यति धेरै क्षति नभएको दाबी गरेका छन् । दुवै पक्षका आ–आफ्नै दाबी भएकाले यसको स्वतन्त्र पुष्टि भने भएको छैन ।
घटनास्थलबाट गठवन्धन सेनाले १५ ओटा सवारीका साधन नष्ट गरेको छ । घटनामा परी अरू कैयौँ घाइते पनि भएको जनाइएको छ । रासस/एएफपी