खेल
काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो ।
मुख्य प्रशिक्षक जगत टमटाले बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीबाट विश्वकप छनोट खेल्ने टिमको घोषणा गरेका हुन् ।
नेपाली टोलीले लामो समयदेखि बन्द प्रशिक्षण गरिरहेको थियो । देशका विभिन्न स्थान हुँदै काठमाडौंमा टिमको प्रशिक्षण भएको थियो ।
यूएईमा आयोजना हुने एसियाली छनोट आगामी नोभम्बरमा हुनेछ । छनोटमा नेपालसहित यूएई, हङ्कङ, भुटान, कुवेत र मलेसियाले सहभागिता जनाउने छन् ।
नेपाली टिम :
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८ २०:३४
प्रतिक्रिया दिनुहोस्