site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
निर्वाचन भएको चार वर्षपछि महोत्तरीको एक वडामा पुनः मतगणना हुँदै
SkywellSkywell

जनकपुरधाम । निर्वाचनको चार वर्षपछि महोत्तरीको एउटा वडाको मतगणना पुनः भइरहेको छ । महोत्तरीको मनरा सिस्वा नगरपालिका १० को मतगणना आइतबार दिउँसोदेखि उच्च अदालत जनकपुरमा भइरहेको हो । 

उच्च अदालतका रजिष्ट्रार खड्गराज अधिकारीका अनुसार अदालतको आदेशअनुसार पुनः मतगणना भइरहेको छ । 

Dabur Nepal
NIC Asia

दुवै उमेदवारको समान मत आएपछि गोलाप्रथाबाट नतिजा घोषणा गरिएको थियो । 

पछि पराजित उमेदवारले मुद्दा दर्ता गरेपछि अदालतले विवाद रहेको ठाउँमा पुनः मतगणना गर्ने आदेश दिएको छ । सोही आदेशअनुसार आज पुनः मतगणना भइरहेको छ । 

०७४ असोज २ गते स्थानीय तहको निर्वाचन भएको थियो । निर्वाचन भएको ६ दिनपछि त्यहाँको नतिजा सार्वजनिक गरिएको थियो । 

स्वतन्त्र उमेदवार रमेशकुमार राय र नेपाली कांग्रेसका अरुणकुमार चौधरीबीच कडा प्रतिस्पर्धा देखिएको थियो । अन्तमा दुवै उमेदवारले समान २ सय ६७ मत ल्याएपछि गोला प्रथाबाट चौधरी निर्वाचित भएको निर्वाचन अधिकृत आमबहादुर बानियाँले घोषणा गरेका थिए ।

पराजय अस्वीकार गर्दै रायले अदालतमा मुद्दा दर्ता गरेको थियो । उच्च अदालतले ०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएको थियो । उच्च अदालतको आदेशपछि निर्वाचित चौधरी सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले ०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई सदर गरिदियो । 

मुद्दा दर्ता गरेका उमेदवार रायले राति विद्युत् गएको बेला निर्वाचन अधिकृतले तीनवटा आफ्नो भोट अर्का उमेदवारमा समावेश गरेको आरोप लगाएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu