site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टी–ट्वान्टी विश्वकप : श्रीलंकासँग दोस्रोपटक भिड्दै बंगलादेश 

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत सुपर–१२ मा प्रवेशका लागि भएको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरेका श्रीलंका र बंगलादेश आज प्रतिस्पर्धा आमने–सामने हुँदै छन् ।

अहिले बंगलादेश र श्रीलंका दुवै टोली राम्रो लयमा छन् । वेस्ट इन्डिज र दक्षिण अफ्रिका पराजित भएपछि दुवै टोलीलाई आजको खेलमा जित निकाल्दै आफ्नो अघिल्लो चरण प्रवेश सम्भावना बलियो बनाउने मौका छ ।

Prabhu Bank
Agni Group
NIC Asia

समूह ‘बी’मा बंगलादेशले दुई खेलमा सहजै जित निकालेको थियो भने एक खेलमा पराजित भएको थियो । समूह ‘ए’मा तीनवटै खेलमा सहज जित निकालेको श्रीलंका उच्च मनोबलका साथ मैदान उत्रनेछ ।

हालसम्म टी–ट्वान्टी विश्वकपमा एकपटक मात्र बंगलादेश र श्रीलंकाको भेट भएको छ । जसमा श्रीलंकाले बंगलादेशलाई हारएको थियो ।

Global Ime bank

तर, टी–ट्वान्टी अन्तर्राष्ट्रियमा भने दुई टोलीबीचमा ११ पटक भेट भएको छ । जसमा श्रीलंकाले सात खेलमा जित निकालेको छ । बंगलादेशले चार खेलमा जित निकाल्न सफल भएको छ ।

आज शारझा क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयानुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement