अर्थ व्यवसाय
काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ ।
गएको शुक्रबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ सम्मको सञ्चित मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी ६ करोड ६० लाख रुपैयाँको ३० प्रतिशतका दरले बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८ ११:१७
प्रतिक्रिया दिनुहोस्