site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
भारतविरुद्ध नयाँ इतिहास रच्ने दाउमा पाकिस्तान 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको इतिहासमा पाकिस्तान बलियो टोली हो । सन् २००९ मा टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितिसकेको पाकिस्तानले त्यसयता उपाधि जित्न सकेको छैन् । तर पनि प्रदर्शनका हिसाबले पाकिस्तान बलियो टोली हो ।

यद्यपि, पाकिस्तानले भारतविरुद्ध पनि विश्वकप क्रिकेटमा इतिहास बदल्न सकेको छैन । सन् २००७ को पहिलो संस्करणको फाइनल खेलमा पराजित भएको पाकिस्तानले विश्वकप क्रिकेटमा भातरलाई हराउन सकेको छैन ।

विश्वकप क्रिकेटको इतिहास हेर्दा पाकिस्तान भारतभन्दा कमजोर टिम हो । तर, समग्र इतिहास हेर्दा दुवै टोलीले बेग्लै छाप छोडेका छन् । भारत जति बलियोे छ, पाकिस्तान पनि त्यस्तै रूपमा प्रस्तुत भएको छ ।

Dabur Nepal
NIC Asia

यो संस्करणमा पाकिस्तान निकै राम्रो लयमा छ । पाकिस्तानले अघिल्लो सिजनभन्दा यो सिजन आफ्नो ब्याटिङ तथा बलिङ साइडलाई बलियो बनाएको छ ।

सन् २००९ पछि पाकिस्तानी टोलीले विश्वकप क्रिकेटको ट्रफी जित्न धेरै मिहिनेत गरिरहेको छ । भारतविरुद्ध खेलका लागि पाकिस्तानले एक दिनअघि नै आफ्नो अन्तिम–११ सार्वजनिक गरिसकेको छ ।

पाकिस्तानले टी–ट्वान्टी विश्वकपको इतिहासमा ३४ खेल खेलेको छ । जसमा १९ खेलमा जित निकालेको छ भने १४ खेलमा पराजित भएको छ । पाकिस्तानले एक खेल बराबरी खेलेको छ ।

टिमका मुख्य प्रशिक्षक मिसबह उल–हक र बकार युनिसले प्रतियोगिताको टिम घोषणा गरेको केही समयमा नै राजीनामा दिएका थिए ।

पाकिस्तानले सन् २०२१ मा भएका आफ्ना टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नौ खेलमा जित निकालेको छ भने मात्र पाँच खेलमा पराजित भएको छ । यसले गर्दा पाकिस्तान आजको खेलमा उच्च मनोबलका साथ मैदान उत्रनेछ ।

पाकिस्तान र भारतबीचको खेल नेपाली समयानुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ । दुई टोलीबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

टी–ट्वान्टी विश्वकपमा भारतविरुद्ध पाकिस्तान 
सेटेम्बर १४, २००७ – बराबरी, ‘भारत वान वाई बल आउट’
सेटेम्बर २४, २००७ (फाइनल) – भारत ५ रनले विजयी
सेटम्बर ३०, २०१२ – भारत ८ विकेटले विजयी 
मार्च २१, २०१४ – भारत ७ विकेटले विजयी 
मार्च १९, २०१६ – भारत ६ विकेटले विजयी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro