राजनीति
जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता–कार्यकर्ताले आज जनकपुरधाममा विरोध प्रदर्शनको तयारी गरेका छन् । पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै प्रदर्शनको तयारी गरेका हुन् ।
जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका जनमत पार्टीका १७ कार्यकर्तालाई छुटाउन दबाबस्वरूप प्रदर्शन गर्न लागेका हुन् ।
बिहीबार नगरको खानेपानी तथा ढल निकास कार्यालयका कर्मचारी राजेश्वर कुशवाहलाई अर्धनग्न बनाएर दुर्व्यवहार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । कार्यकर्ता रिहाइको माग गर्दै बिहीबार साँझ पनि जिल्ला प्रहरी कार्यालय धनुषाअगाडि प्रदर्शन गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८ १२:३२
प्रतिक्रिया दिनुहोस्