देश
काठमाडौं । स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा शम्भु काफ्ले नियुक्त भएका छन् । दुई सातादेखि रिक्त प्रमुखको दरबन्दीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काफ्लेलाई नियुक्त गरेको हो ।
यसअघि, वागमती स्वास्थ्य निर्देशनालय हेटौँडामा कार्यरत काफ्लेले बुधबारदेखि स्वास्थ्य कार्यालय प्रमुख जिम्मेवारी सम्हालेका हुन् ।
यसअघि, कार्यालय प्रमुख रहेका बद्रीबहादुर खड्का वाग्मती स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त भएपछि स्वास्थ्य कार्यालय काठमाडौं प्रमुखविहीन बनेको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८ १३:५७
प्रतिक्रिया दिनुहोस्