काठमाडौं । नेकपा एमालेले केन्द्रीय कार्यालय सार्ने भएको छ । एमालेले थापाथलीमा रहेको कार्यालय तुल्सीलाल समृती प्रतिष्ठान च्यासलमा सार्न लागेको हो ।
उक्त भवनमा केही नयाँ संरचना बनाउने, कार्यकक्ष छुट्याउने लगायतका प्राविधिक काम सकिएपछि कार्यालय सारिने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
“केही नयाँ संरचना थप्नुछ । कार्यकक्ष छुट्टाउनुपर्ने छ । गेट मिलाउनुपर्ने लगायका प्राविधिक काम छन् । ती काम सकिएपछि कार्यालय सार्छाैं । सम्भवतः महाधिवेशनपछि नै हुन्छ होला । तर, काम चाहिँ सुरु भएको छ,“ बाह्रखरीको कुराकानीमा उनले भने ।
२०७२ सालको भूकम्पले बल्खुमा रहेको पार्टी कार्यालयलाई बस्न नमिल्नेगरी क्षति गरेपछि एमालले पासाङ ल्हामु प्रतिष्ठान रहेको धुम्बाराहीमा सारिएको थियो । त्यसपछि गत वैशाख ९ गते एमाले थापाथलीमा सारिएको थियो । सोही दिन एमालेले बल्खुमा पार्टी कार्यालयको सिलान्यास पनि गरिसकेको छ ।
बल्खुको पार्टी कार्यालय नबनुन्जेल थापाथलीको कार्यालयबाट पार्टीको काम कारबाही गर्ने एमालेको तयारी थियो । तर, पर्याप्त पार्किङ तगा हल नभएकाले एमाले च्यासल सर्न लागेको हो ।