काठमाडौं । अमेरिकाले बंगलादेशमा हिन्दुमाथि भएको आक्रमणको निन्दा गरेको छ । दुर्गापूजाको अवसरमा हिन्दुका घर र पूजास्थलमा भएको हमलाको अमेरिकाले निन्दा गरको हो ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले ट्विट गर्दै दुर्गापूजा समारोहमा हिन्दु मन्दिरहरू र व्यवसायहरूमा भएको हिंसात्मक आक्रमणहरूको निन्दा गर्दै घटनाको अनुसन्धान गर्न आग्रह गरेका छन् ।
“हाम्रो संवेदना हिन्दु समुदायको साथमा छ । हामी अधिकारीहरूलाई पूर्ण अनुसन्धान गर्नको लागि आग्रह गर्दछौँ । धार्मिक वा आस्थाको स्वतन्त्रता एक मानवअधिकार हो,” उनले उल्लेख गरेका छन् ।
अमेरिकी विदेश मन्त्रालयले धार्मिक स्वतन्त्रता र मानवअधिकारको रक्षा कुनै खास क्षेत्रमा सीमित नरहेको जनाएको छ ।
बंगलादेशमा दुर्गापूजाको बेला भएको हिंसाको विरोध गर्दै बंगलादेशी हिन्दु प्रवासीले वासिङ्टनस्थित बंलगादेशको दूतावासमा प्रदर्शन गरेका थिए ।
We condemn the recent violent attacks on Hindu temples and businesses in Bangladesh during the Durga Puja celebrations. Our thoughts are with the Hindu community as we urge authorities to investigate fully. Freedom of religion or belief is a human right.
— Ned Price (@StateDeptSpox) October 19, 2021