site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिममा बाढी–पहिरो : मृतकको संख्या १५ पुग्यो, २३ जना अझै बेपत्ता (नामावली)
SkywellSkywell

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको छ । देशका अन्य भागको तुलनामा सुदूरपश्चिममा बढी क्षति भएको हो ।

केही दिनयता वर्षापछिको बाढी–पहिरोका कारण सुदूरपश्चिममा १५ जनाको मृत्यु भएको छ । २३ जना बेपत्ता छन् ।

Dabur Nepal
NIC Asia

बाढी–पहिरोका कारण डोटीमा नौजनाले ज्यान गुमाएका छन् । प्रहरीका अनुसार ज्यान गुमाउनेहरूमा डोटीका आशिष कुन्जेडा, सागर कुन्जेडा, जोगी सार्की, शेर विक, मोहन विक, किपवित्रा विक, रविन विक, मन्धरा बलायर र झुपरी सार्की छन् । यस्तै, डडेल्धुराका विष्णु अवस्थी, नरपता शाही र बैतडीकी परुदेवी महरा, भानु पार्की, पवित्रा पार्की र देवन पार्कीको समेत ज्यान गएको छ ।

घाइतेहरूमा डोटीका वीरबहादुर कुन्जेडा, वासुदेवी कुन्जेडा, विन्दा कुन्जेडा, डडेल्धुराका देवकी रावल, ग्रिस रावल, बैतडीका सरस्वती विष्ट र माया विष्ट छन् ।

पहिरोमा परी बेपत्ता हुनेहरूमा बझाङका उजली पार्की, हासु पार्की, आयसु पार्की,  हिमा पार्की, सीमा पार्की, हर्क सार्की, धनगिरि सार्की, सीता सार्की, प्रभा सार्की, भूमिका सार्की, इस्वरादेवी सार्की, सञ्जीव सार्की, शर्मिला सार्की, सुवास सार्की, विकास सार्की, मिकेस सार्की, मदन सार्की, कलु सार्की, एलिसा सार्की, कम्मा सार्की, सविना सार्की, सरोज सार्की र सिम्जिबि सार्की छन् ।

उता, कैलालीमा कर्णाली नदीमा माछा मार्न गएका खडक घर्तीमगर, विक्रम घर्तीमगर र खडक रानामगर सम्र्पकविहीन भएका छन् ।

कतिपय स्थानमा सञ्चार सेवा अवरुद्ध हुँदा क्षतिको पूर्ण विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro