site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका चारजनाको मृत्यु, दुई बेपत्ता  
Siddhartha BankSiddhartha Bank

काठमाडौं । अविरल वर्षाका कारण पहिरो जाँदा हुम्लामा एकै परिवारका  चारजनाको मृत्यु भएको छ । दुईजना बेपत्ता छन् । मंगलबार राति खार्पुनाथ गाउँपालिका–५, खर्पेलगाउँमा एउटा घर पुरिँदा चारजनाको मृत्यु र दुईजना बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार खर्पेलगाउँस्थित धनवीरे शाहीको घर पहिरोले पुरिएको छ । पहिरोमा पुरिएर ५५ वर्षीय कलबहादुर शाही, उनकी श्रीमती ४० वर्षीया आशा शाही तथा उनका छोराहरू पाँच वर्षीय भुमेश शाही र तीन वर्षीय जसबहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Agni Group
NIC Asia

जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी हेमन्त शर्माले चारजनाको शव फेलापरेको जानकारी दिए । ‘‘हाम्रो प्रहरी टोली घटनास्थलमै छ । अहिलेसम्म चारजनाको शव भेटिएको छ । अरू दुईजना खोजिरहेका छौँ । ६५ वर्षीय धनवीरे शाही र १३ वर्षीय अजेन्द्र शाही बेपत्ता छन,” उनले बाह्रखरीसित भने ।

वर्षाका कारण प्रहरी टोली राति नै घटनास्थलमा पुग्न नसकेको उनले बताए । ‘‘वर्षाले टावर अवरुद्ध छन् । घटनास्थलनजिकैको याङ्चु प्रहरीचौकीमा सम्पर्क हुन सकेन । त्यसैले आज बिहानदेखि घटनास्थलमा पुगेका छौँ,” डीएसपी शर्माले भने ।

Global Ime bank

हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी संकलन गर्न कठिनाइ भइरहेको बताए । ‘‘लिमी, लाप्चाका सीमानाकाहरू हिउँले पुरिएका छन् । कहाँ के भइरहेको छ भनेर जानकारी लिन सकिने अवस्था छैन । नेपाल टेलिकमको टावर अवरुद्ध भएको छ । वर्ल्डलिंकको इन्टरनेट सेवा पनि अवरुद्ध छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu