site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘हाइ अल्टिच्युड’ राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । पहिलो संस्करणको ‘हाइ अल्टिच्युड’ राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना हुने भएको छ । दोलखाको चरिकोटमा प्रदेश खेलकुद बिकास परिषद् बागमती र नेपाल रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता आउँदो कात्तिक १३ गते आयोजना हुने छ । दोलखा सदरमुकाम चरिकोटमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर चरिकोटको भ्युटावरस्थित फुटबल मैदानमा प्रतियोगिताको आयोजना हुने भएको हो ।

प्रदेश खेलकुद परिषद् वाग्मतीका सदस्य सचिव सुर्यलाल भण्डारीले विश्वमा कतैपनि उच्च पर्वतीय क्षेत्रमा रेस्लिङ नभएको अवस्थामा प्रदेश सरकारले दोलखामा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए ।

कार्यक्रममा नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले यस प्रतियोगिताले नेपाली खेलकुदमा कोरोनाको महामारीलाई जित्दै नयाँ आयम ल्याउने बताइन् ।
राष्ट्रिय रिङ रेस्लिङमा नुवाकोटे टाईगर, थागु, डेभिड, साईन, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एञ्जल, तन्नु, सिजे, एससी, जोन लगायत महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ ।

प्रतियोगितामा हेभी वेट च्याम्पियनले १ लाख ५० हजार रुपैयाँ, हार्डकोर च्याम्पियनले १ लाख २० हजार, मिडल वेट च्याम्पियनले ८५ हजार, ट्याग टिम च्याम्पियनले ७५ हजार, लाईट वेट च्याम्पियनले ५० हजार र ट्रिपल थ्रेट च्याम्पियनले ४५ हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  २३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC