राजनीति
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सट्टापट्टामा बनेको बताएका छन् । बिहीबार झापामा आयोजिक शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले सरकार गठन सट्टापट्टा भएको बताएका हुन् ।
उनले वर्तमान सरकार धर्तीमै पहिलोपटक परमादेशबाट बनेको पनि जिकिर गरे ।
“सरकार बनाउँदा सट्टापट्टा भएको त स्पष्ट देखियो देखियो, अरू के–के भएको थियो पछि देखिएला । धर्तीमा पहिलोपटक परमादेशबाट सरकार बन्यो । संविधानमा पनि छैन, संविधानले दिँदैन तर पनि सकार बन्यो । यो दसैँले यस्ता काम नगर्न सुबुद्धि देओस् भन्ने सुभकामना छ,” उनले भने ।
प्रकाशित मिति: बिहीबार, असोज २८, २०७८ १६:४०
प्रतिक्रिया दिनुहोस्