site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिरामीको सेवा नै धर्म हो, बिदा नपाएकोमा दु:ख लाग्दैन 

काठमाडौं । पाटन अस्पतालको कोभिड आईसीयू वार्ड इन्चार्ज शुशीला नेपालले यसपटक दसैँमा चार दिनको छुट्टी पाएकी छिन् । गत वर्ष आलोपालोमा थोरै बिदा पाएकी सुशिला यो वर्ष चार दिन बिदा पाएर मख्ख छिन् । 

१९ वर्षअघि नर्सिङ पेसामा प्रवेश गरेकी उनीसँग जागिरको सुरुवाती दिनहरूमा लगातार तीन वर्षसम्म दसैँ नपाएको अनुभव छ । “यो पेसामा छिर्दा नै दिनरात चाडपर्व नभनी काम गर्नुपर्छ भनेर मानसिक रूपमा तयार भइसकेकी थिएँ । सुरु सुरुका दिनहरूमा परिवारसँग दसैँ मनाउन नपाउँदा खल्लो लाग्थ्यो तर वर्षहरू बित्दैजाँदा बानी परिसक्यो,” उनले भनिन् ।

वार्डको इन्चार्ज भइसकेपछि उनलाई आफूभन्दा पनि अरूको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता हुन्छ । परिवारसँगै रहन मन त उनलाई पनि छ । तर, आफैँ नेतृत्व तहमा भएपछि सबैलाई आलोपालो मिलाएर छुट्टी दिनुपर्छ भन्नेमा उनी सजग छिन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनकाअनुसार विगतका वर्षहरूमा स्वास्थ्यकर्मीहरू अस्पतालमै सँगै बसेर रमाइलो गर्थे । तर, कोभिडले गर्दा पोहोरदेखि उनीहरूको जमघट पातलिएको छ । 

“सिनियर जुनियर मिलाएर ड्युटी राख्ने गरेका छौँ । परिस्थिति सहज हुँदा अस्पतालमै पनि सँगै बसेर खाना खाएर रमाइलो गर्ने गरेका थियौँ । तर, पोहोरदेखि कोभिडको जोखिमले गर्दा भेटघाट कम गरेका छौँ,” उनले भनिन् ।

सबैजना दसैँको रमझममा हुँदा हामी बिरामीको सेवामा हुन्छौँ, यही सेवा नै हामीले गरेको धर्म हो भन्ने लाग्छ । समाजका लागि गरेको योगदान हो भन्ने लाग्छ,” उनले भनिन्, “यही सोचाइले दसैँमा बिदा नपाउनुमा खासै दुःख लाग्दैन । तर, कहिलेकाहीँ परिवारले नबुझिदिँदा नमिठो महसुस हुन्छ । हाम्रो पेसा नै यस्तै छ, सबैले बुझिदिए हुन्थ्यो भन्ने लाग्छ ।”

पाटन अस्पतालकै इन्टर्नल मेडिसिन युनिटमा कार्यरत डा. सदिना देवकोटाको भने यो वर्ष दसैँ छुट्टी छैन । टीकाको दिन बिहानदेखि भोलिको ४ बजेसम्म नियमित ड्युटीमा हुँदा उनलाई घर परिवारको याद बारम्बार आइरहन्छ । तर, ‘ड्युटी इज ब्युटी’ भनेर आफूलाई सम्हाल्छिन् उनी ।

“पहिले सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा पोस्टिङ थियो । लगातार दुई वर्ष दसैँको टीका छुट्यो । अहिले काठमाडौंमै घर भएर पनि परिवारसँग बसेर टीका लगाउन नपाउँदा कताकता नरमाइलो त लाग्छ नै तर ड्युटी इज ब्युटी भनेर रमाउने प्रयासमा हुन्छु,” डा. सदिनाले भनिन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका निर्देशक डा. अनुप बास्तोला दसैँ बिदाका चार दिन नै ड्युटीमा रहनेछन् । “अहिले अस्पतालमा बिरामीको चाप निकै कम छ तर पनि आईसीयू, कोभिड युनिट हेर्नुपर्छ अस्पताल आइरहेकै हुन्छु,” डा. बस्तोला भन्छन्, “यसपटकको दसैँ परिवार र अस्पतालका साथीहरूसँग दुवैतिर मनाउनुपर्ला ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  २०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro