site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
मन्त्रीबाट राजीनामा दिनुको कारणबारे यसो भन्छन् गजेन्द्र हमाल
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले आइतबार बिहान पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारै उनको राजीनामा स्वीकृत गरिसकेका छन् ।

आफ्नो नियुक्तिका सम्बन्धमा विरोध भएको तथा विभिन्न आरोपहरू लगाएपछि पदबाट राजीनामा दिएको हमालले बताएका छन् ।

मन्त्री बनेको दुई दिनमै राजीनामा दिनुको कारणबारे बाह्रखरीले जिज्ञासा राख्दा उनले अनेक आरोप सहनुभन्दा राजीनामा दिनु ठिक लागेको बताए । यो आफ्नो स्वविवेकको निर्णय भएको पनि उनले बताए ।

Dabur Nepal
NIC Asia

गजेन्द्र हमालको भनाइ पढ्नोस्–
पहिलो कुरा, पार्टीबाट नै विरोध आउन थाल्यो मेरो । दोस्रो कुरा, पत्रपत्रिका सामाजिक सञ्जाल तथा मिडियाहरूमा मेरो व्यक्तिगत कुरा र परिवारवाद लगाएर राजनीति गर्ने कुराहरू गरे । जुन मान्छेलाई मेरो, मेरो परिवारको राजनीतिमा योगदान कति छ थाहा नै छैन, त्यस्ता–त्यस्ता हिजोका मान्छेहरूले लगाएको आरोप सहनुभन्दा बरु राजीनामा दिनु जाती हुन्छ भनेर राजीनामा दिएको हुँ ।

यो मेरो स्वविवेकको निर्णय हो, मैले धेरै सोँचे । मैले कोहीसँग पनि सरसल्लाह गरिनँ । स्वविवेकको निर्णय गरेँ । कसैलाई पनि थाहा थिएन । आज (आइतबार) बिहान ६ बजे मैले राजीनामा दिन्छु भनेर भनेको हो ।

२०२५ सालदेखि राजनीतिमा लागेँ । बाँके जिल्लाको नेपाल विद्यार्थी संघको उपसभापति २०२७ सालमा बनेँ । भीमनाथ शर्मा अध्यक्ष थिए । २०३१ सालबाट २०३६ सालसम्म बाँके जिल्लाको नेपाल विद्यार्थी संघको अध्यक्ष भएँ । २०५२ सालमा पार्टीको जिल्ला सभापति भएँ । सुशील दाइ (कोइराला)सँग मेरो कुरा मिलेन, १८ जिल्लाको कमिटी भंग हुँदा म पनि परेँ । प्रजातान्त्रिक कांग्रेसको पनि जिल्ला सभापति भएँ । नेपाली कांग्रेस र प्रजातान्त्रिक कांग्रेसको एकीकरण भएपश्चात् म पार्टीको जिल्ला सहअध्यक्ष पनि भएको हो । त्यसपछि राष्ट्रिय आन्दोलन जति पनि भए मैले सबैमा भाग लिएको छु । मलाई जेल पनि हालियो । अदालतबाट मैले सफाइ पाएको हो ।

प्रधान्यायाधीशको जेठान भए पनि त्यसको राजनीतिमा के सम्बन्ध ? बुद्धि नभएर, नबुझेर आक्रमण गरे । जबकि, प्रधानन्यायाधीशले पनि मैले बनाउन खोजेको होइन भन्नुभएको छ । अदालतले पनि प्रधानन्यायाधीशले बनाउन खोजेको हो भने प्रमाण देखाउनुहोस् भनेर भनिसकेको छ ।

प्रधानमन्त्रीले शेरबहादुर देउवाले पनि मेरो अधिकारको कुरा हो, मैले बनाएको भन्नुभएको छ । नेपाली कांग्रेसको कोटामा आएको हो, कसैको कोटामा आएको हैन भनिसक्नुभएको छ । कानुनमन्त्रीले, प्रचण्डजीले पनि यही भन्नुभएको छ ।

मैले त नैतिकता देखाएर राजीनामा दिएँ । उहाँहरू (पत्रकार/नेता)ले प्रमाण दिन सक्नुभएन भने राजीनामा दिनुपर्छ । पत्रकारिता छोड्नुपर्छ । नेताहरूले पनि नेतागिरी छोड्नुपर्छ । या त प्रमाण पुर्‍याउनुपर्छ ।

नेपालको इतिहासमा ४८ घण्टामा मन्त्रीको राजीनामा दिने म मात्र हुँ । कि अरू कोही छ ? कोही छैन । अब उहाँहरूले कहाँ कसरी मन्त्री बन्यो पत्ता लगाउनुपर्‍यो । नसके आजको मितिबाट पत्रकारिता गर्दिनँ भनेर छाड्नुपर्‍यो । नेताहरूले राजनीति गर्दै गर्दिनँ भन्नुपर्‍यो । मैले त राजनीति गरेको ५०, ५५ वर्ष भयो नि । मेरो बारेमा लेख्ने र बोल्ने नैतिकता देखाउनुपर्‍यो ।

(कुराकानीमा आधारित)

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १६:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro