site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
जलविद्युत्, पर्यटन र कृषिमार्फत मुलुकको विकास गर्नुपर्छ : शशांक
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले जलविद्युत्, पर्यटन र कृषिमार्फत मुलुकको आर्थिक विकास गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस धादिङ–काठमाडौं सम्पर्क समितिले दसैँका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले जलविद्युत्, पर्यटन र कृषिको प्रचुर सम्भावना भएको मुलुक नेपालले सोही चिजलाई उपयोग गरेर विकास गर्नुपर्ने बताएका हुन् ।

Dabur Nepal
NIC Asia

महामन्त्री डा. कोइरालाले कांग्रेसभित्रको गुटको अन्त्यका लागि आफूले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदमा उमेदवारी दिन लागेको बताए । “कांग्रेसलाई एकढिक्का बनाउनका लागि मेरो सभापति पदमा उमेदवारी रहन्छ,” डा. कोइरालाले भने ।

कांग्रेस धादिङका सभापति रमेश धमलाले पार्टीलाई नयाँ सोच र दृष्टिकोणबाट अगाडि बढाउन आवश्यक रहेको बताए । “कांग्रेसले पार्टीको नीति, सिद्धान्त र आदर्शविना कसैसँग सम्झौता गर्नु हुँदैन,” उनले भने । जनतालाई कांग्रेसप्रति ठूलो भरोसा र विश्वास रहेको उनको भनाइ थियो । 

कांग्रेस धादिङका पूर्वसभापति एवं पूर्वसांसद रामनाथ अधिकारीले पार्टीभित्र संस्कारको राजनीति हराउँदै गएको बताए । पार्टीको सिद्धान्त र विचारविपरीत कांग्रेस अगाडि बढेको उनको भनाइ थियो ।

सम्पर्क समितिका सभापति ईन्द्रप्रसाद काप्रीले पार्टीभित्र देखिएको गुट–उपगुटको अन्त्य नभएसम्म पार्टीले आगामी निर्वाचनमा जित हासिल गर्न नसक्ने बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  २२:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro