site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानन्यायाधीशलाई पनि मन्त्रीको कोटा ! यी हुन् थपिएका मन्त्री
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । प्रधानमन्त्रीमा शपथ लिएको करिब ३ महिना पश्चात् शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउँदै छ ।

८८ दिन पश्चात् प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् ।

पहिलो चरणमा प्रधानमन्त्री देउवासँगै गृहमन्त्रीमा बालकृष्ण खाण, कानुन मन्त्री ज्ञानेन्द्रबहादुर, अर्थ मन्त्रीको रुपमा जर्नादन शर्मा तथा उर्जा मन्त्रीमा पम्फा भुसालले सपथ लिएका थिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

यस्तै दोस्रो चरणमा उमेश श्रेष्ठलाई स्वास्थ्य राज्य मन्त्रीको रुपमा नियुक्त गरिएको थियो । 

तेस्रो चरणमा विस्तार भएको मन्त्रिपरिषदमा डा. नारायण खड्का परराष्ट्र मन्त्री बन्न सफल भएका थिए । 

Royal Enfield Island Ad

वर्तमान सरकार आजबाट चौथो पटक विस्तार हुन लागेको हो । गठबन्धनमा आवद्ध दलहरुको लामो समयको रस्साकस्सी पश्चात् आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । 

आज नेपाली कांग्रेसबाट पाँच मन्त्रीहरुले सपथ लिन लागेका हुन् । जसमा रक्षामन्त्री मिनेन्द्र रिजालले सपथ लिँदैछन् । 

यस्तै कानुन मन्त्रीमा दिलेन्द्रप्रसाद बडुले सपथ लिने भएका हुन् । उमा रेग्मीलाई महिला तथा बालबालिका मन्त्रीको रुपमा सपथ खुवाइँदैछ । 

यता, उमाकान्त चौधरीले खानेपानी मन्त्रालयको जिम्मेवारी पाउने पक्का भएको छ । 

त्यस्तै कांग्रेसले गजेन्द्र हमाललाई उद्योग मन्त्रीका रुपमा शपथ गराउने भएको छ ।

हमाल प्रधानन्यायाधीशको कोटाबाट गैर सांसद मन्त्री बन्न लागेका हुन् ।

\सत्ता घटक अर्को दल माओवादी केन्द्रबाट आज देवेन्द्र पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको सपथ लिने भएका छन् । 

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमा शशी श्रेष्ठ तथा युवा तथा खेलकुद मन्त्रीको रुपमा महेश्वरजंग गहतराजले सपथ लिने भएका छन् । 

माओवादी केन्द्रबाट बोधमाया यादवले राज्यमन्त्रीको सपथ लिने तयारी भएको छ । 

नेकपा (एकीकृत समाजवादी) बाट विरोध खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको सपथ लिनेछन् । 

यस्तै रामकुमारी झांक्री संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, किसान श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा सहरी विकासमा प्रेम आलेले सपथ लिने भएका हुन् । 

जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट राजेन्द्रप्रसाद श्रेष्ठले संघीय मामिला तथा स्थानीय विकास मन्त्री, रेणु यादव भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री, रामसहाय यादव वन तथा वातावरण मन्त्रीको रुपमा सपथ लिदैछन् । यस्तै प्रमोद यादवले भने कृषि तथा पशुपन्छि विकास मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । “हामी सपथ कुरेर बसेका छौं,” कांग्रेसबाट मन्त्री बन्न लागेका एक नेताले भने ।

राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशव घिमिरेका अनुसार केही बेरमै मन्त्रीहरुको सूची सार्वजनिक  गर्न लागेको छ ।
 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro