site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
आयो नयाँ विन्डोज ११ को निःशुल्क अपडेट, यस्ता छन् फिचर 
Siddhartha BankSiddhartha Bank

बीबीसी । माइक्रोसफ्टको कम्प्युटर अपरेटिङ सिस्टम, विन्डोज ११ को सबैभन्दा लेटेस्ट भर्जन लन्च भएको छ । मंगलबार विश्वव्यापी रुपमा विन्डोज १० का प्रयोगकर्ताहरुका लागि यो निःशुल्क अपग्रेड सार्वजनिक गरिएको हो । 

विन्डोजका उत्पादन प्रमुख, पानोस पानेले यो नयाँ भर्जन प्रयोगकर्तालाई सहज, सफा र फ्रेस अनुभूति दिलाउने आसयले निर्माण गरिएको बताएका छन् । 

यसमा उनले नयाँ भर्जन पुरानो अपरेटिङ सिस्टम भन्दा पूर्ण फरक नहुने या थाहा नभएका कुरा धेरै नहुने वचन पनि दिएका हुन् । त्यसैकारण प्राविधिक कुराको धेरै ज्ञान नभएकाहरुले पनि सजिलै अपग्रेड गर्न र नयाँ विन्डोज चलाउन सक्ने उनले बताए । 

Agni Group
NIC Asia

उनी भन्छन् , “मैले मेरा ८९ वर्षीय पिताको फ्रेम यसमा प्रयोग गरेको छु र म उहाँका लागि धेरै उत्साहित छु । वास्तवमा हामी उहाँ जस्ता सबैका लागि विन्डोज चलाउन सजिलो होस् भन्ने चाहन्छौँ ।”

उनका अनुसार प्राविधिकविद्हरुले विन्डोजको ट्रायल प्रोग्राम पहिले नै परीक्षण गरिसकेको हुँदा यसमा कुनै ठूलो समस्या नआउने विश्वास रहेको छ । 

Global Ime bank

नयाँ विन्डोज ११ को डिजाइनमा केही उल्लेखनीय बदलाव भनेको यसको स्टार्ट मेन्यु हो । यो स्क्रिनको बीचमा हुने अन्य आइकनसँगै देखिनेछ र टास्कबारमा क्लिक गर्दा यसले हामीले सबैभन्दा धेरै प्रयोग गर्ने गरेका एपहरु खुलाउनेछ । 

धेरै हिसाबमा यो स्मार्टफोन एपको मेन्यु जस्तो पनि देखिन्छ । त्यस्तै माइक्रोसफ्टले विन्डोज १० मा भएको स्टार्ट मेन्युमा रहेका टाइल्सहरु पनि हटाएको छ । 

पानेका अनुसार उनको टिमले विन्डोज ८ बाट धेरै कुरा सिकेको थियो । त्यसबेला स्टार्ट मेन्युलाई पूर्ण रुपमा हटाउँदा यसले धेरै प्रयोगकर्तालाई निराश बनाएको थियो । उनले भने, “हामीले गलतीबाटै सिक्ने हो । ”

विन्डोज ११ को इन्टरफेस निर्माण गर्दा मानिसहरुले हिजोआज कसरी कम्प्युटर चलाउँछन् भन्ने ध्यानमा राखेर सबै प्रोग्राम गरिएको उनको भनाइ छ । उनीहरु केमा क्लिक गर्न चाहन्छन्, मसिनमा सबैको आँखा कहाँ हुन्छ जस्ता कुरालाई विशेष ध्यानमा राखिएको उनले बताए । त्यसैले पनि विन्डोज ११ को स्टार्ट बटन अगाडि नै, स्क्रिनको बीचमा राखिएको छ । 

विन्डोज १० आउँदा माइक्रोसफ्टले त्यसलाई आफ्नो सिस्टमको अन्तिम भर्जन हुने घोषणा गरेको थियो । र कम्पनीले भने अनुसार नयाँ विन्डोजमा वास्तवमै ठूला परिवर्तनहरु पनि आएका छन् । 

पनेका अनुसार अहिले कम्प्युटरका लागि नयाँ युग सुरु भइसकेको छ र विन्डोज ११ ले पनि त्यो क्षणबारे संकेत दिन्छ । 

यो नयाँ अपरेटिङ सिस्टममा सबै मेन्यु र फोल्डरहरु सहज पारेर देखाइएको छ भने त्यसलाई राख्ने तरिका सम्बन्धी ‘अप्सन’ हरुमा पनि धेरै सुधार ल्याइएको छ । साथै यसमा पहिले नै हुने ‘सर्च फङ्सन’ अधिकांश डिभाइसहरुमा अत्यन्तै तिव्र गतिमा चल्ने रिपोर्ट पनि गरिएको छ । 

गमेरहरुका लागि पनि विशेष फिचर

गेमरहरुका लागि चाहिँ माइक्रोसफ्टले के वाचा गरेको छ भने नयाँ ड्राइभ प्रविधि,  ‘डाइरेक्ट स्टोरेज’ ले गेम खेल्दा लोड गर्ने समयमा अधिक सुधार ल्याउनेछ जसले स्टोरेज ड्राइभलाई सेन्ट्रल प्रोसेसरसम्म नपुर्याइकन ग्राफिक्स कार्डलाई स्टोरेज ड्राइभ्स सम्मको पहुँच दिलाउँछ । तर यस फिचरलाई काम गर्न नयाँ हार्डवेयर पनि आवश्यक पर्नेछ । 

यी डिभाइसले मात्र अपग्रेड गर्न मिल्छ 

यता कतिपय मसिन अपग्रेड गर्न नमिल्ने पनि हुन सक्छन् । विन्डोज ११ अपग्रेड हुन सबैभन्दा न्युनतम आवश्यकता भनेको एक प्रकारको सेक्युरिटी चिप, ‘टीपीएम’ हो जुन केबल आधुनिक कम्प्युटरमा मात्र इन्स्टल गरिएको हुन्छ । 

माइक्रोसफ्टले भनेको छ, “यदि तपाईँको डिभाइसले यो आवश्यकता पूरा गर्दैन भने तपाईँले आफ्नो डिभाइसमा विन्डोज ११ इन्स्टल गर्न सक्नु हुँदैन र नयाँ कम्प्युटर खरिद गर्नेबारे सोच्नुपर्ने हुन सक्छ । ”

तर त्यस्ता कम्प्युटरमा पनि विन्डोज १० मजाले चलिरहेको छ भने चाहिँ नयाँ कम्प्युटर किनिरहनु पर्दैन । किनकी विन्डोज १० अझैसम्म पनि सपोर्ट भइरहनेछ र २०२५ सम्म सेक्युरिटी सम्बन्धी अपडेट पनि प्राप्त गरिरहने कम्पनीले बताएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu