अर्थ व्यवसाय
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको १५ प्रतिशत रासन वृद्धि सम्बन्धी निर्णय लागु हुने भएको छ । प्रतिस्थापन विधेयकमार्फत बजेट व्यवस्था गरिएपछि अर्थमन्त्री जनार्दन शर्माले सोमवार रासन वृद्धि सम्बन्धी फाइल सदर गरेकबा हुन् ।
यसअघि रासन वृद्धिको घोषणा गरिएको भए पनि त्यसका लागि आवश्यक पर्ने बजेट विनियोजन नगरिएका कारण १५ प्रतिशत रासन वृद्धिको निर्णय कार्यान्वयन हुन सकेको थिएन ।
नयाँ दर रेट अनुसारको १५ प्रतिशत रासन वृद्धिपछि १ अर्ब १७ करोड बराबर दायित्व थप हुने भएको छ । पूर्ववर्ती सरकारले बजेट व्यवस्था नगरी रासन वृद्धिको सैद्धान्तिक घोषणा मात्र गर्दा प्रहरीमा असन्तुष्टि बढेको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८ ०६:४२
प्रतिक्रिया दिनुहोस्