अर्थ व्यवसाय
काठमाडौं । स्वाभिमान लघुवित्तले लाभांश घोषणा गरेको छ । असोज १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
लघुवित्तले सेयरधनीलाई २०७८ असार मसान्तमा कायम चुक्ता पुँजीको ३२.३० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनाको लागि १.७० प्रतिशत नगद लाभांश गरि ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
प्रकाशित मिति: आइतबार, असोज १७, २०७८ १७:२०
प्रतिक्रिया दिनुहोस्