काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अति आवश्यक विद्युत्का तार काट्ने नेपाल विद्युत् प्राधिकरणलाई कारबाही गर्न माग गरेको छ । विद्युत् प्राधिकरणले अरू उपाय नअपनाई सिधै अति आवश्यक इन्टरनेटका तारहरू काटेको भन्दै कारबाहीको माग गरिएको हो ।
विद्युत् प्राधिकरणले शनिबारदेखि पोलको भाडा नतिर्ने इन्टरनेटका तार काट्न सुरु गरेको छ । जथाभावी प्राधिकरणले तार काट्दा देशका विभिन्न स्थानमा इन्टरनेटको समस्या भएको भन्दै दूरसञ्चारले एक सूचना जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।
दूरसञ्चार ऐन, २०५३ मा कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघ नेपालबीचको छलफललाई बेवास्ता गर्दै प्राधिकरणले एक्कासि तार काट्नु सरासर गलत भएको सूचनामार्फत जनाइएको छ ।