site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
वसन्त चौधरीको दुबईमा ‘ओपन हार्ट सर्जरी’ 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नर्भिक अस्पतालका संस्थापक वसन्तकुमार चौधरीको मुटुको शल्यक्रिया गरिएको छ ।

हृदयाघात भएका चौधरीको गएको मंगलबार दुबईस्थित अमेरिकन हस्पिटलमा मुटुको शल्यक्रिया गरिएको हो । ‘ओपन हार्ट सर्जरी’ गरिएका चौधरीलाई अहिले ‘पोस्ट अपरेटिङ केयर’मा राखिएको नर्भिक अस्पतालले जानकारी दिएको छ ।

Dabur Nepal
NIC Asia

दुई दिनपछि उनको ‘डिस्चार्ज’ गर्ने तयारी भइरहेको उक्त अस्पतालले जनाएको छ । गत साता परिवारसँग छुट्टी मनाउन दुबई पुगेका चौधरी असोज ८ गते स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

उपचारको क्रममा सामान्य खालको हृदयाघात भएको र मुटुको धमनीमा समेत समस्या देखिएपछि चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए । सोही सुझावअनुसार उनको मंगलबार शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro