site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुख्यमन्त्रीको कार्यालयमा अख्तियारले छापा मारेको विरोधमा जसपाको मसाल जुलुस
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशका आठै जिल्लामा विरोध प्रदर्शन गरेको छ । शनिबार जिल्ला सदरमुकामहरूमा जसपाका नेता तथा कार्यकर्ताहरूले अख्तियारको छापामारीविरुद्ध मसाल जुलुस निकालेका हुन् ।

कतिपय जिल्लामा भने वर्षाका कारण विरोध प्रदर्शनका कार्यक्रमा हुन सकेनन् । तर, जसपाका नेताहरूले प्रदेश २ का सबै जिल्लामा मसाल जुलुस निकालेको  दाबी गरेका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रदेश राजधानी जनकपुरमै निर्धारित समयभन्दा दुई घण्टा ढिलोगरी कार्यक्रम सुरु भएको थियो । जुलुसमा सहभागी नेता तथा कार्यकर्ताहरूले ‘कसैको इसारामा छापा मार्न पाइँदैन, संघीयतामाथि प्रहार गर्न पाइँदैन, अख्तियार प्रमुख होसियार, देशद्रोही अख्तियार मुर्दावाद, अख्तियार प्रमुख राजीनामा दे’ लगायत नारा लगाएका थिए ।

यस्तै, महोत्तरीको जलेश्वरमा प्रदेशसभा सदस्य सरोज सिंह कुशवहाको नेतृत्वमा मसाल जुलस निकालिएको थियो 

Royal Enfield Island Ad

जसपाले भोलि पनि विरोध प्रदर्शन गर्ने तयारी गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले मुख्यमन्त्री कार्यालयमा गत बुधबार छापा मारेको थियो । मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत साइकल वितरण कार्यक्रममा अनियमितता भएको भन्ने उजुरीको आधारमा अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro