site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
साबिक विजेता एपीएफलाई हराउँदै न्यू डायमन्ड च्याम्पियन
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई ३-१ को सेटमा हराउँदै न्यू डायमन्ड एकेडेमीले राष्ट्रिय महिला एनभीए क्लब भलिबल च्याम्पियनसिपको उपाधि उपाधि जितेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सप्पन्न फाइनलमा न्यू डायमन्डले पहिलो सेट २४-२६ को स्कोरमा गुमाए पनि बाँकी सेटमा उत्कृष्ट पुनरागमन गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

दोस्रो सेट २५-२१ को स्कोरमा जितेको न्यु डायमण्डले तेस्रो सेट २५-१७ ले आफ्नो पक्षमा पारेको थियो । चौथो सेटमा पनि न्यू डायमन्डले २५-१५ स्कोरले जित्दै उपाधी पक्का गरेको हो । 

गत संस्करणमा न्यू डायमन्डलाई हराउँदै एपीएफ विजेता बनेको थियो । तर, यस पटक एपीएफ उपाधि रक्षा गर्न असफल भयो । न्यू डायमन्ड गत वर्षको बदला लिन सफल भएको  छ । 

Global Ime bank

महिलातर्फ त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै तेस्रो स्थान हासिल गरेको थियो । आर्मी क्लबले पुलिसलाई २५-१७, २५-२०, २५-१७ को स्कोरमा हराएको हो । 

पुरुषतर्फको फाइनल खेलमा आज साविक विजेता हेल्प नेपाल र त्रिभुवन आर्मीबिच प्रतिस्पर्धा हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement