site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं भ्यू टावर बनेपछि महानगरलाई वार्षिक ७० लाख भाडा !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । काठमाडौंको रत्नपार्कमा निर्माणाधीन भ्यू टावर निर्माणको काम २०७८ साल असारभित्रमा सम्पन्न भइसक्नुपर्ने थियो । म्याद सकिएको तीन महिना बित्यो । बल्ल–बल्ल छ तला उठ्दैछ । काठमाडौं महानगरपालिकाले भ्यू टावर निर्माणमा भएको ढिलासुस्तीलाई बेवास्ता गरेको छ । जसको प्रत्यक्षमा मारमा सर्वसाधरण परिरहेका छन् ।

महानगरपालिका र निर्माण कम्पनीबीचको सम्झौताअनुसार निर्माण कम्पनीले आफ्नो लगानीमा भवन बनाएर २५ वर्षसम्म चलाउन पाउनेछ । त्यसपछि काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्नेछ । 

सम्पदाप्रेमीहरू भने महानगरले काठमाडौंको संस्कृति मास्ने काम गरिरहेको बताउँछन् । सम्पदाप्रेमी याद्दवलाल कायस्थ स्थानीय सरकारले सांस्कृतिक नगरी काठमाडौंको महत्व नबुझेर कङ्क्रिट विकास र टावर विकास गरिरहेको बताए । उनी काठमाडौंमा देखाउन मिल्ने स–साना सम्पदाहरू हराउँदै गएको र भ्यू टावरजस्ता ‘अनावश्यक’ संरचनाहरू मात्रै बनिरहेका बताउँछन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“काठमाडौंका अधिकांश साना सम्पदाहरू नाश हुँदै गएका छन । स्थानीय सरकारले लापरबाही मात्रै गरिहेको छ । सांस्कृतिक, सार्वजनिक स्थलहरूलाई हेपेको छ । सार्वजनिक सम्पदाहरू निजीकरण गरिँदैछ । काठमाडौं उपत्यकाको आवश्यकता भनेको टावरको विकास गर्नु होइन । यहाँका सम्पदाहरूलाई जीवन्त राख्नु हो । भ्यू टावर निर्माण गर्न लागिएको पाँच वर्ष भयो । समयमै निर्माण नहुँदा स्थानीय सरकारले कारबाहीको साटो प्रोत्साहन दिइरहेको छ,” उनले भने । 

जनसंख्याको अत्याधिक चाप काठमाडौं मै छ । दैनिक हजारौँ सवारी साधन गुड्ने क्षेत्र रत्नपार्क हो । यो क्षेत्रमा बसपार्क नहुँदा सडकमै ‘पिक एन्ड ड्रप’ प्रणाली लागु गरिएको छ । यसले उपत्यकाभरको ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त बनाएको छ । अहिले भ्यू टावरमा बनिरहेको स्थनामा पुरानो बसपार्क थियो । पछि भ्यू टावर बनाउने भनेपछि पुरानो बसपार्क खुलामञ्चमा सारिएको थियो । भूकम्पको अत्याधिक जोखिम रहेको क्षेत्रमा अग्ला–अग्ला जोखिमपूर्ण टावर बनाइँदैछ ।

Royal Enfield Island Ad

पुस्तकालय, सांस्कृतिक सम्पदा, पानीसँग जोडिएका सम्पदाहरू निर्माण गर्न छाडेर टावर निर्माण गरिएको सम्पदाप्रेमी कायस्थको भनाइ छ । “पानी विनाको जीवन हामी कल्पना पनि गर्न सक्दैनौँ । पानीसँग जोडिएका सम्पदाहरू निर्माण गर्नुपर्छ । सार्वजनिक सम्पदाहरू सार्वजनिक प्रयोजनकै रूपमा प्रयोग हुनुपर्छ,” उनले भने । 

गत मंगलबार सम्पदाप्रेमीहरू भ्यू टावर निर्माणलाई ६ तलामै सीमित गरेर पुरानो बसपार्क र राष्ट्रिय पुस्तकालयका रूपमा प्रयोग गर्नुपर्ने मागसहित राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएका थिए । अधिकांश कलेज, विद्यालयहरू भएको ठाउँमा एउटा राष्ट्रिय पुस्तकालयको आवश्यकता रहेको उनीहरूको बुझाइ छ ।

भ्यू टावरलाई निजी प्रयोजनका रूपमा प्रयोग गर्ने प्रपञ्च रचिएको सम्पदा संरक्षणकर्मी तथा कानुनी अधिवक्ता सञ्जय अधिकारी बताउँछन् । 

“भ्यू टावरको मुनि तलामा बसपार्क बनाउने भनिएको छ । त्यसमा बसपार्क नै हुनुपर्छ । तर, माथिल्ला तलाहरूमा व्यक्तिगत रूपमा व्यापारिक प्रयोजनका रूपमा सञ्चालन हुने भनिएको छ । अब सार्वजनिक जग्गामा बनिरहेको काठमाडौं भ्यू टावरमा कसैले जुत्ता पसल, कसैले कपडा पसल राख्ने भएछन् । पुस्ताले दान स्वरूप दिएको जग्गामा यो हुन सक्दैन,” अधिवक्ता अधिकारीले भने, “राष्ट्रिय पुस्तकालय हाम्रो बौद्धिक सम्पदा हो । अधिकांश कलेज विद्यालयहरू रत्नपार्क क्षेत्रमा भएकाले राष्ट्रिय पुस्तकालयलाई भ्यू टावरमा स्थापना गरिनुपर्छ । कसैको निजी प्रयोजनका लागि बनाइएको सम्पदा होइन यो । सार्वजनिक प्रयोजनकै रूपमा भ्यू टावरलाई प्रयोग गरिनुपर्छ ।”

देशभरका विभिन्न जिल्लाहरूबाट काठमाडौंमा लाखौँ विद्यार्थी पढ्न आउने भए पनि राष्ट्रिय पुस्तकालयको अस्तित्व समाप्त हुँदै जाँदा यसले शिक्षा क्षेत्रमा गम्भीर प्रभाव पार्ने अधिवक्ता अधिकारीको भनाइ छ । 

२०७१ फागुन २२ गते काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स जेभी प्रालिबीच भ्यू टावर निर्माणको सम्झौता भएको थियो । त्यसै अनुरूप २९ तलाको भ्यू टावर बनाउने योजना बनाइएको थियो । पछि २०७२ साल वैशाख १२ गते भूकम्प गयो । भूकम्पपछि सरकारले सहरी क्षेत्रका भवनहरू १२ तलाभन्दा माथि नबनाउने मापदण्ड बनायो । त्यसै अनुसार महानगरपाले १२ तले बनाउने गरी योजना पारित गरेको थियो । 

निर्माणाधीन भ्यू टावरको ठाउँमा रहेको पुरानो बसपार्कलाई खुलामञ्चमा सारेर २०७२ साल कात्तिक २२ गते उपराष्ट्रपति नन्दबहादुर पुनले भ्यू टावर निर्माणको उद्घाटन गरेका थिए ।

सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठ भने रत्नपार्क क्षेत्रमा टावर नै आवश्यक नरहेको बताउँछन् । “भूकम्पले पुरातात्विक, ऐतिहासिक, महत्व बोकेको धरहरा ढल्यो । अहिले उक्त धरहरा पनि टावरकै रूपमा ठडिएको छ । एउटै क्षेत्रमा दुई ओटा टावर आवश्यक थिएन । तर एउटै ठाउँमा दुई–दुई ओटा भ्यू टावर ठडिँदैछन्,” उनले भने, “भ्यू टावर समयमै सम्पन्न नहुँदा पुरानो बसपार्क विस्थापित भएको छ । यसले काठमाडौंभरको ट्राफिक व्यवस्थापन भद्रगोल बनाइदिएको छ । यहाँका सांस्कृतिक, बौद्धिक, ऐतिहासिक, पुरातात्विक सम्पदाहरू विस्थापित हुँदै आएका छन् । यस्तो अवस्थामा महानगरले भ्यू टावरलाई व्यक्तिगत व्यापारिक प्रयोजनका रूपमा प्रयोग गर्ने योजना बनाउनु काठमाडौंवासीको दुर्दशा हो ।”

नेपाल विद्युत प्राधिकरणको छेउमा नै निर्माणाधीन भ्यू टावर चार अर्ब ७० करोड रुपैयाँ लागतमा निर्माण भइरहेको छ । कुल २३ रोपनी ५ आना क्षेत्रफल फैलिएको काठमाडौं भ्यू टावर सबैभन्दा तल्लो तलामा बसपार्क स्थापना हुनेछ । दोस्रो तलामा गाडी पार्किङ स्थल निर्माण गरिनेछ । त्यस्तै माथिल्ला तलामा ४० प्रतिशत भूभागमा स्तम्भ रहनेछ । अन्य तलाहरू व्यापारिक प्रयोजनामा ल्याइने योजना छ ।

महानगरलाई वार्षिक ७० लाख भाडा 
महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार महानगरको सम्झौता बमोजिम १२ तलाकै भ्यू टावर बन्नेछ । “महानगरको सम्झौता विपरित केही पनि हुँदैन । हामीले निर्माण कम्पनीसँग गरेको सम्झौता अहिले परिवर्तन गर्न पाउँदैनौँ । २५ वर्षसम्म निर्माण कम्पनीले भ्यू टावर व्यापारिक प्रयोजनमा ल्याएर कमाउनेछ,” प्रवक्ता डंगोलले भने, “भने पाँच वर्ष भ्यू टावर निर्माणको समयावधि हो । महानगरले २३ रोपनी ५ आना जग्गामा सम्झौता गरेका हो । वार्षिक रूपमा लिज भाडास्वरूप कम्पनीले ७० लाख रुपैयाँ महानगरलाई बुझाइरहनुपर्नेछ । प्रत्येक ५ वर्षमा महानगरले १० प्रतिशतले बढाउनेछ । महानगरकै निगरानीमा बनिरहेको छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  ०७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro