राजनीति
काठमाडौं । नेकपा एमाले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिस्कार गर्ने भएको छ ।
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बाह्रखरीसँग कुरा गर्दै आफूहरु बैठकमा नजाने बताए ।
“पार्टी विभाजन गर्नका लागि संसद्लाई छलेर अध्यादेश ल्याउने र छलफल नगरी फिर्ता गर्ने,” उनले भने, “राति संसद् स्थगित हुन्छ, भोलिपल्ट अध्यादेश आउँछ ।”
उनले एमालेविरुद्ध सरकार, सर्वोच्च अदालत, मिडिया, निर्वाचन आयोग सबै लागेको भन्दै आक्रोश व्यक्त गरे ।
“एमाले कहिँ पनि जाँदैन, चुनाव जितेर आएपछि सबैलाई तह लगाउँछ,” उनको आक्रोश थियो ।
प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८ ०८:४८
प्रतिक्रिया दिनुहोस्