site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय जनगणना २०७८ मा स्वास्थ्यका सूचक कति प्राथमिकतामा ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को पहिलो चरण भदौ ३० गतेदेखि चलिरहेको छ । यसपटक देशभर अनुमानित ७० लाख परिवारका ३ करोडभन्दा बढी जनसंख्याको गणना हुँदैछ  । विशेषतः जनगणनामा अपांगता, जन्मदर, मृत्युदर, बाल मृत्युदर, मातृ मृत्युदर, आदिको विवरण प्राप्त हुने भए पनि १२औं जनगणनामा सरकारले स्वास्थ्य क्षेत्रका केही सूचकहरुलाई प्राथमिकतामा राखेको छ । राष्ट्रिय जनगणनासँगै २०७८ मा आधारित मातृ मृत्यु अध्ययन गरिँदैछ भने यसपटकको गणनामा अनुवंशीय रक्तस्राव (हेमोफिलिया) भएका व्यक्तिको पनि गणना गर्ने भएको छ ।

मातृ मृत्यु अध्ययन किन ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केन्द्रीय तथ्यांक विभागको संयुक्त पहलमा राष्ट्रिय जनगणना २०७८ मा आधारित मातृ मृत्यु अध्ययन गर्न लागिएको हो । गर्भावस्थादेखि सुत्केरी भएको ४२ दिनसम्मको अवधिमा हुने मृत्युलाई मातृ मृत्यु मानिन्छ । नेपालमा प्रजनन् उमेरका महिलाहरुको मृत्युमध्ये करिब १२ प्रतिशत महिलाको मृत्युको कारण मातृ मृत्यु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । सन् २०१६ मा एकलाख जिवित जन्ममा मातृ मृत्यु अनुपात २३९ रहेको छ । दिगो विकासको लक्ष्य अनुरुप सन् २०३० सम्ममा यो अनुपात ७० मा झार्ने सरकारको लक्ष्य छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

मातृ मृत्युदर घटाउन मातृ मृत्युको संख्या यकिन गर्न र कारण पत्ता लगाउन यो अध्ययनले महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ । अध्ययनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनगणना २०७८ मा आधारित मातृ मृत्यु अध्ययन कार्यविधि बनाएर विवरण संकलन गरिरहेको छ । कार्यविधि अनुसार अध्ययनका लागि गणनाको क्रममा कुनै घरपरिवारमा एक वर्षभित्रमा कुनै महिलाको प्रसूतिको समयमा मृत्यु भएको पाइएमा सोही आधारमा विवरण संकलन गरिनेछ । । मातृ मृत्यु भएका घरमा पुगेर स्थानीय स्वास्थ्यकर्मीले ‘भर्वल अटप्सि’ प्रश्नावलीका आधारमा विवरण संकलन गरिरहेका छन् । देशभरबाट आउने तथ्यांकले गत वर्षको मातृ मृत्युदर पत्ता लगाउन सकिने मन्त्रालयको कार्यविधिमा उल्लेख छ । 

समेटियो हेमोफिलिया पनि 
राष्ट्रिय जनगणना २०७८ मा यसपटक अनुवंशीय रक्तस्राव (हेमोफिलिया) भएका व्यक्तिको पनि गणना गरिँदैछ  । यसपटकको जनगणनामा अपाङ्गता भएकाको सूचीमा १०औँ नम्बरमा रहेको हेमोफिलिया भएका व्यक्तिको गणना गरिने भएको हो । हेमोफिलिया मानिसको शरीरमा रगत जम्ने प्रक्रियामा त्रुटि भएको वंशाणुगत समस्या हो । यो समस्या भएका व्यक्तिहरुमा पटक–पटकको रक्तस्रावका कारण जोर्नी वा मांसपेशीहरू सुन्निने, जोर्नीहरू असन्तुलन हुने, मांसपेशीहरू सुक्दै जाने र अन्ततः गम्भीर अपाङ्ता हुने अवस्था आउनसक्छ । 

Royal Enfield Island Ad

हेमाफिलिया विशेषज्ञ डा. विशेष पौडेलका अनुसार नेपालमा करिब तीन हजार ५०० हजारको संख्यामा हेमाफिलियाका भएका व्यक्ति भएको अनुमान गरिए पनि अहिलेसम्म करिब ७५० जनाको मात्र पहिचान भएको छ । नेपालमा वर्सेनि हेमोफिलियाका २०० बिरामी थपिने गरेको राष्ट्रिय अपांग महासंघको तथ्यांक छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  ०६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro