प्रविधि
काठमाडौं । बिर्तामोडमा डिशहोम फाइबरनेटको सेवा सुरु भएको छ । बिर्तामोडका लागि उक्त इन्टरनेटको आधिकारिक विक्रेता बिक्री प्रबन्धक बिपिन्द्र न्यौपानेले गर्न गरेका छन् ।
झापाका अरू स्थानहरूमा डीएच फाइबरनेट चाँडै पुग्ने इन्टरनेटनको बिक्री अधिकारी प्रज्ज्वल अधिकारीले बताए ।
नागरिकको उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना प्रयोगकर्ताहरूको माग पूरा गर्न सन् २०२० मा डिशहोमले इन्टरनेट सेवा सुरु गरेको जनाएको छ ।
काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, हेटौँडा, इनरुवा, इटहरी, बर्दिबास, बुटवल, धरान, ढल्केबर, जनकपुर र विराटनगरमा यसअघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ ।
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८ १२:०४
प्रतिक्रिया दिनुहोस्