site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६४ जिल्लामा एकसाथ पालिका अधिवेशन गर्न कांग्रेस असफल
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली कांग्रेसको पूर्व निर्धारित १४ औं महाधिवेशन कार्यतालिका पुनः प्रभावित भएको छ । आज (असोज ९) मा ६४ जिल्लाको एकसाथ पालिका तहको अधिवेशन गर्न कांग्रेस असफल भएको छ । केन्द्रीय निर्वाचन समिति संयोजक महादेव यादवका अनुसार ६४ जिल्लामा एकसाथ पालिका तहको अधिवेशन हुन नसकेको हो ।

संयोजक यादवका अनुसार कति जिल्लाको पालिका तहको अधिवेशन हुन नसकेको भन्ने यकिन तथ्यांक भने आइसकेको छैन । “हाम्रो तालिका र तयारी अनुसार आज ६४ जिल्लाको पालिका अधिवेशन सक्ने भनिएको थियो, तर त्यो सम्भव भएन,” यादवले बाह्रखरीसँग भने । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

यादवका अनुसार जिल्ला तहसँग रिर्पोट लिने काम भइरहेको छ । बाँकी रहेको जिल्लामा अधिवेशन गराउने अधिकार भने जिल्ला निर्वाचन अधिकृतसँग छ । “अर्को मिति तोकेर अधिवेशन गराउने जिम्मा उहाँहरुलाई छ, यो निर्वाचन निर्देशिकाको व्यवस्था हो,” यादवले भने ।
 
शुक्रबार विहान बसेको पार्टीको पदाधीकारी र पूर्व पदाधीकारीहरुको बैठकले ६४ जिल्लाको अधिवेशन गर्ने निर्णय गरेको थियो । तर, काठमाडौं जिल्लामा भने १६ गते पालिका तहको अधिवेशन गर्ने निर्णय भएको छ । सिन्धुपाल्चोक जिल्लामा भने जिल्ला निर्वाचन अधिकृतले  विज्ञप्ति जारी गरेर अर्को सूचना प्रकाशित नभएसम्म अधिवेशन रोकेको जानकारी गराएका छन् । यस्तै काभ्रेमा पनि अधिवेशन रोकिएको छ । सभापति मधु आचार्यका अनुसार निर्वाचन अधिकृत सम्पर्कमा नआएकाले अधिवेशन स्थगन गरिएको हो । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आचार्यले निर्वाचन अधिकृत राजेन्द्र लामिछाने विना सूचना सम्पर्कविहीन भएकाले अधिवेशन स्थगन गर्नुपरेको उल्लेख गरेका छन् ।
 
शुक्रबारको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबारको बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले महाधिवेशन सार्नुपर्ने अवस्था आए धेरै टाढा नधकेलिने बताए ।  “समयले नभ्याउने भयो भने जतिदिन भ्याउँदैन, त्यति दिन सार्न सकिन्छ । तर, त्यसलाई महाधिवेशन सर्ने भन्न मिल्दैन,” सहमहामन्त्री महतले बैठकपछि भने, “पालिका अधिवेशन दसैँ अगाडि सकाउने निर्णय भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन दसैँ पछाडि हुन्छ ।”

बैठकले हिमाली जिल्लाको हकमा भने दसैँअघि नै जिल्ला अधिवेशन टुंग्याउने सहमति गरेको छ । तर, अन्य जिल्लाको हकमा भने अन्योल कायमै छ । बैठकपछि औपचारिक प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशन तालिका अनुसार दाबी गरे । “पालिका अधिवेशन पूर्वनिधारित समयमै हुनेछ भनेर हामीले देशभरका साथीहरूलाई विश्वस्त गरिसकेका छौँ,” शर्माले भने, “पालिका अधिवेशन पूर्वनिर्धारित कार्यतालिका अनुरूप नै हुन्छ । ९ गते भनिए पनि कहीँ १० गते होला, कहीँ ११ र १२ गतेसम्म जिल्लामा रहनुभएका निर्वाचन प्रतिनिधिले पार्र्टीसँग समन्वय गरेर केन्द्रीय निर्वाचन समितिको सहमतिमा मिति तोक्न सक्नुहुनेछ ।”

Royal Enfield Island Ad

प्रवक्ता शर्माले थपे, “प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र वा जिल्लामा कहीँ न कहीँबाट एकसाथ लिएर जानेछौँ ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  १०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro