काठमाडौं । युवा ब्याट्सम्यान कुशल भुर्तेलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा ललितपुर प्याट्रियट्सको कप्तानी गर्ने भएका छन् ।
राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले ललितपुरबाट नखेल्ने बताएपछि टिमको कप्तानीको जिम्मेवारी कुशलले पाएका हुन् ।
ललितपुरले बिहीबार कुशलले कप्तानी गर्ने जनाएको छ । साविक विजेता ललितपुरले विदेशी खेलाडीलाई कप्तानी नदिएर नेपाली खेलाडीलाई नै अवसर दिएको हो ।
ललितपुरले बिहीबार नै ज्ञानेन्द्रले चौथो संस्करणको प्रतियोगिता नखेल्ने जनाएको छ ।
चौथो संस्करणको ईपीएल क्रिकेट शनिबारबाट त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । ललितपुरले प्रतियोगिताको पहिलो खेलमा काठमाडौं किङ्स–११ सँग प्रतिस्पर्धा गर्नेछ ।