site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश २ मा लोसपाले मनायो ‘कालो दिवस’ (तस्बिरसहित)
Siddhartha BankSiddhartha Bank

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले संविधान दिवसलाई कालो दिवसका रूपमा बनाएको छ । आइतबार जनकपुरधाममा पार्टीका नेता तथा कार्यकर्ताले संविधानले जनताको माग पूरा नगरेको भन्दै विरोध प्रदर्शन गरेर संविधान जारी भएको दिनलाई कालो दिवसका रूपमा मनाएका हुन् ।

जनक चोकबाट सुरु भएको विरोध प्रदर्शन राम चोक, महाबिर चोक, सोनारपट्टी र जानकी मन्दिर हुँदै कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागिहरूले ‘असोज ३ कालो दिन, हाम्रो माग पूरा गर, अधुरो संविधान मान्दैनौँ र मधेसी एकता जिन्दावाद’ जस्ता नारा लगाएका थिए । 

Agni Group
NIC Asia

पार्टीले आज साँझ ६ बजे ‘ब्ल्याक आउट’ गर्ने कार्यक्रमसमेत गर्ने जनाएको छ । 

Global Ime bank

 

यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधानमा सुधार गर्न भन्दै अन्तरक्रिया कार्यक्रम गरेको थियो । जनकपुरधामस्थित उद्योग वाणिज्य संघमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी नेता, कार्यकर्ताले संविधानले मधेसको माग पूरा नगरेको भन्दै संघर्ष जारी राख्ने धारणा राखेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय