![टीसीएलको क्यासब्याक र बम्पर उपहार योजना सार्वजनिक](https://12khari.top/uploads/posts/kdmkdgm1631604182.jpg)
काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले दसैँ र तिहारलाई लक्षित गर्दै ‘यस दसैँ, तिहार, टीसीएलमा क्यासब्याक र बम्पर उपहार’ नामक योजना सार्वजनिक गरेको छ ।
उक्त योजनाअन्तर्गत टीसीएल ब्रान्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
५८ हजार ७०० सम्मको क्यासब्याक प्राप्त गर्न सकिने यस योजनामा बम्पर उपहारअन्तर्गत दुईजना भाग्यशाली ग्राहकहरुले ५५ इन्चको टीसीएल कर्भ स्मार्ट एलईडी टीभी समेत जित्न सकिने कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत टीसीएलका विभिन्न सामानहरु जसमा एलईडी टीभीको खरिदमा ५८ हजार ७०० रुपैयाँसम्मको, वासिङ मेसिनको खरिदमा २० हजार १०० रुपैयाँसम्मको, एसीको खरिदमा ५१ हजार ५०० रुपैयाँसम्मको साथै चार हजार रुपैयाँ बराबरको निःशुल्क एसिजडान र वाटर डिस्पेन्सरको खरिदमा चार हजार २०० रुपैयाँसम्मको क्यास ब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
यो योजना यही भदौ २७ गतेदेखि सीमित अवधिका लागि लागु गरिएको जनाइएको छ । टीसीएल ब्रान्डको अधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सीजीईओएल रहेको छ ।