काठमाडौं । नबिल बैंकले युवा उद्यमशिलता र स्वरोजगार प्रवर्द्धन गर्ने उदेश्यले राष्ट्रिय युवा परिषद् र पञ्चेश्वोर गाउँपालिका बैतडीसँग त्रिपक्षीय समझदारी गरेकाे छ ।
यस समझदारी अन्तर्गत बैतडीको पञ्चेश्वोर गाउँपालिकामा स्थानीय युवाहरूलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्याएर देशभित्रै युवा उद्यम प्रवर्दधन तथा रोजगारी सृजनाद्वारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिएको छ ।
नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा, राष्ट्रिय युवा परिषद्को तर्फबाट परिषद्का प्रशासकीय प्रमख डा. बाबुराम ढुङ्गाना र पञ्चेश्वोर गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले समझदारी पत्रमा हस्ताक्षर गरे ।